समाचारआइतबार, चैत्र ९, २०७०
२६ सभासदमा नेकपा–माओवादीलाई ल्याउन सकिन्छः देउवा
कांग्रेस वरिष्ठ नेता देउवाले मन्त्रिपरिषदले मनोनित गर्ने सभासदमा नेकपा–माओवादीलाई सहभागी गराउने विषषयमा छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा ९ चैतमा पत्रकारसँग कुरा गर्दै उनले नेकपा–माओवादीलाई पनि सहभागी गराउने विषयमा छलफल गरी निर्णयमा पुगिने बताए ।
उनले दलहरुबीच सहमति कायम गरेर स्थानीय निर्वाचन गरिने पनि स्पष्ट पारे । स्थानीय निर्वाचन नहुँदा विकास निर्माणमा छुट्याइएको रकम अनियमितता हुँदै आएको बताउँदै उनले ग्रामीण क्षेत्रमा विकास निर्माण अवरुद्ध भएकाले पनि निर्वाचन आवश्यक भएको स्पष्ट पारे ।
उनले दलहरुबीच संघीयता र शासकीय स्वरुपमा केही विवाद भए पनि सहमतिमा नै संविधान जारी हुने विश्वास व्यक्त गरे । एक वर्षभित्र संविधान जारी हुने ठोकुवा गर्दै उनले संविधानसभा नियमावली निर्माण भएकाले संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरे ।
