समाचारसोमबार, चैत्र १०, २०७०
बस त्रिशुलीमा खस्दा ५ को मृत्यु
ना ४ ख ५८२९ को बस चितवनको दारेचोक–९ फिस्लिङमा राजमार्गबाट दुईसय मिटर तल त्रिशुली नदी किनारमा खस्दा ५ जना यात्रुको ज्यान गएको छ । बसको आधा भाग पानीसम्म पुगेको छ ।
९ चैत राति भएको दुर्घटनामा ३ पुरुष र दुई महिला यात्रुको निधन भएको मुग्लिन प्रहरी चौकीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य छ ।
