थप समाचारसोमबार, चैत्र १०, २०७०

फेसबुकबाट जुट्यो तीन जनाको उपचार खर्च

हिमालखबर

मकवानपुर दामनका युवाहरुले फेसबुकबाटै सहयोग रकम उठाएर पीडितलाई दिएका हुन् । फेसबुक पेज ‘फरक सोच’ बाट सहयोग आव्हान गरी मकवानपुर दामन शिखरकोटका यादवजंग रायमाझी, सुरजकुमार भुजेल, पालुङका रामकुमार कार्की र राजेश श्रेष्ठको सक्रियतामा सहयोग रकम उठेको हो ।

क्यान्सर पीडित श्याम गोम्बाको सहयोगार्थ रु. २ लाखको भुक्तानी पूर्जा उनका आमा–बुबालाई हस्तान्तरण गरिदैं । तस्वीरः सुरजकुमार भुजेल

उनीहरुले टाउकाको घाउ क्यान्सर हुन लागेपछि रकम अभावमा उपचार नपाएका दामन–५ का श्याम गोम्बाको परिवारलाई सोही पेजबाट आव्हान भएर जम्मा गरिएको रु. दुई लाख सहयोग हस्तान्तरण गरेका छन् । २७ वर्षीय गोम्बाको राजधानीस्थित मोडल हस्पिटलमा उपचार भइरहेको छ ।

पालुङका शारीरिक अशक्त अमिर भोम्जनलाई रु. २५ हजार र रगत क्यान्सरबाट पीडित हेटौंडाकी बालिका सम्वृद्धि तिमल्सिनालाई रु. १० हजार सहयोग जुटाइदिएको सहयोगी समूहका राजेश श्रेष्ठले जानकारी दिए । पीडितहरुका लागि सहयोग आवश्यक भएको ‘फरक सोच’ टिमलाई आग्रह गरेपछि रोजगारीको शिलशिलामा विदेश तथा स्वदेशमा रहेका नेपालीहरुमार्फत सहयोग जुटाइएको हो । सहयोग गर्नेमा एक बंगलादेशी नागरिक समेत छन् ।

पालुङका शारीरिक अशक्त अमिर भोम्जनलाई दिइएको रु. २५ हजारको भुक्तानी पूर्जा शिक्षिका अनिता बललाई प्रदान गरिदैं । तस्वीरः सुरजकुमार भुजेल

यसअघि पनि फेसबुक पेज ‘फरक सोच’ मार्फत् पालुङ गाविस–२ का शारीरिक अशक्त अमिर भोम्जनलाई रु. ७५ हजार अक्षय कोषका लागि रकम हस्तान्तरण गरिएको थियो । यस्तै, दामनका क्यान्सर पीडित विष्णु भुजेललाई पनि उपचारमा यसैगरी सहयोग संकलन गरी रकम हस्तान्तरण गरेको श्रेष्ठले बताए ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>