समाचारसोमबार, चैत्र १०, २०७०
संविधान जारी भएपछि मात्र नयाँ सरकार
नेपाली कांग्रेसका वरिष्ठ नेता देउवाले संविधान जारी नभएसम्म सरकारलाई निर्वाध रुपमा काम गर्न दिनुपर्नेमा जोड दिएका हुन् । नेपाल प्रेस युनियन मोरङले १० चैत बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले संविधान जारी भएपछि भने सरकार परिवर्तन हुने बताए ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा । तस्वीरः कमल रिमाल
संविधान जारी भएपछि भने सरकार परिवर्तनमा गर्नुपर्नेमा जोड दिएका उनले नेतृत्वको विषयमा भने प्रतिक्रिया दिएनन् । ‘कोइरालापछि तपाईं आफै प्रधानमन्त्री बन्ने कि ?’ भन्ने पत्रकारको प्रश्नमा उनले यसबारे आफूलाई नसोध्न आग्रह गरे । उनले संविधानका धेरै विषयमा कुरा मिलिसकेको पनि बताए ।
उनले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमा नेकपा–माओवादीलाई पनि ल्याउन सकिने धारणा राखे । २६ सिटको विषयमा अदालतले ढिलाई गर्न नहुने भन्दै उनले सभासद मनोनयनका लागि अदालतले समयमै क्षेत्राधिकार तोकिदिए सजिलो हुने बताए ।
कमल रिमाल, विराटनगर
