थप समाचारसोमबार, चैत्र १०, २०७०
गाँजा तस्करद्वारा प्रहरीमाथि गोली प्रहार
पूर्वी चितवनको मार्तालखोलामा गाँजा ओसारपसार गरिरहेको बेला पुगेका प्रहरीलाई लक्षित गर्दै तस्करीमा संलग्न समूहले आक्रमण गरेको हो । २२ जना संख्यामा रहेको समूहले १० चैत बिहान प्रहरीलाई लक्षित गर्दै चार राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले बताए ।
उक्त समूहले भरुवा बन्दुक र कटुवा पेस्तोलले गोली फायर गरेका थिए । तर, प्रहरीले पाँच राउण्ड जवाफी फायर गरेपछि गाँजा ओसारपसारमा संलग्न सबै भागेको उनले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले गाँजा र गाँजाबाट बनाईएको धूलो बरामद गरेको छ । १० बोरामा रहेको गाँजा र चरेस बनाउन प्रयोग हुने १४० केजी गाँजाको धूलो बरामद गरेको राउतले जानकारी दिए ।
सविता श्रेष्ठ, चितवन

