थप समाचारसोमबार, चैत्र १०, २०७०
मलेशियन एयरलाइन्सको विमान महासागरमा बेपत्ता
मलेशियन एयरलाइन्सको एमएच ३७० विमान हिन्द महासागरमा बेपत्ता भएको मलेशिया सरकारले आधिकारिक रुपमा पुष्टी गरेको छ । मलेशियाका प्रधानमन्त्री नजिव अब्दुल रजाकले १० चैतमा पत्रकार सम्मेलन गरेर हराइरहेको विमान हिन्द महासागरमा बेपत्ता भएको बताएको मलेशियाको अनलाइनपोर्टल मलेशियाकिनीले जनाएको छ ।
रजाकले विमानमा सवार सबै यात्रुको मृत्यु भएको पनि बताएका छन् । विमानमा चालक दलसहित २३९ जना सवार थिए ।
उनले स्याटलाइटबाट प्राप्त तस्वीरको विश्लेषणको आधारमा विमान बेपत्ता भएको जनाएको मलेशियाकिनीमा उल्लेख छ ।
मलेशियन एयरलाइन्सको विमान एमएच ३७० उडान भरेको केही घण्टादेखि नै हराइरहेको थियो । मलेशियाको क्वालालाम्पुरबाट चीनको बेइजिङतर्फ उडान भरिरहेको विमान २४ फागुनदेखि हराइरहेको हो ।

