थप समाचारमंगलबार, चैत्र ११, २०७०

जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

हिमालखबर

११ चैत विहान बुलिङटारबाट दलदलेका लागि आउँदै गरेको ना१ज २०७७ नम्बरको जिप अर्खला भिरबाट २०० मिटर तल खस्दा बुलिङटार बस्ने ३६ वर्षीया निमकुमारी सूर्यवंशी र डाडाँझेरी– ९ बस्ने ३७ वर्षीय जिप चालक दीपेन्द्र फालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

दुर्घटनामा आठ जना घाइते भएका छन् भने घाइतेमध्ये किरण रानाभाटको अवस्था चिन्ताजनक रहेकोे छ । घटनास्थल विकट पहाडी गाविस भएकाले घटनाका बारेमा ढिला थाहा भएको बताइएको छ ।

बुलिङटार प्रहरी चौकी र रुद्रपुर प्रहरी चौकीको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि कावासोतीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>