समाचारमंगलबार, चैत्र ११, २०७०
‘अब कसैलाई चन्दा दिइन्न’
चन्दा दिँदादिँदा उद्योगी व्यवसायीहरु हैरान भइसकेको उल्लेख गर्दै झापा उद्योग संघले प्रकाशित गरेको सूचनामा संविधानसभाको निर्वाचनमा दलहरुलाई चन्दा दिएर चर्को आर्थिक भार व्यहोर्नुपरेको अवस्थामा विद्युत्भार कटौती तथा डिमान्ड शुल्कको मारले आर्थिक संकट उत्पन्न भएको जनाइएको छ । संघले अब उप्रान्त कसैलाई पनि चन्दा नदिने निर्णय गरेको छ ।
उद्योग संघमा २५ वटा चिया, ४० वटा भेनियर, छ वटा प्लाइउड, पाँच वटा सिमेन्ट, दुई वटा ग्यास र एक दर्जनको सङ्ख्यामा चामल उद्योग आबद्ध छन् ।
चन्दा माग्नेहरुले जिल्लाभित्रका उद्योगलाई बारम्बार निशाना बनाएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकालले बताए ।
रासस
