थप समाचारमंगलबार, चैत्र ११, २०७०
जड्याँहा सहायक केन्द्राध्यक्ष निष्कासित
एकाविहानै रक्सीले मातिएर पाँचथर जोरपोखरी केन्द्र पुगेका सहायक केन्द्राध्यक्ष एवम् जोरपोखरी विद्यालयका शिक्षक जीवन न्यौपाने निष्काशित भएका छन् ।
सहायक प्रमूख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्य र विद्यालय निरीक्षक रणमाया फियाकको टोलीले उनलाई सहायक केन्द्राध्यक्षवाट निष्कासित गरेको हो ।
अघिल्लो दिन समेत रक्सी खाएर केन्द्रमा गएको सूचना पाएपछि जिल्ला शिक्षा कार्यालयले सचेत गराएपनि वेवास्ता गरी घटना दोहो¥याएकाले उनलाई निष्काशन गरिएको निरीक्षक फियाकले बताइन् ।
यसअघि पाँचथरका विभिन्न केन्द्रमा पाँचजना निरीक्षक र प्रहरी कार्वाहीमा परिसकेका छन् । यद्दपी परीक्षा भने शान्तिपूर्वक सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले जानकारी दिए ।
लक्ष्मी गौतम, पाँचथर
