थप समाचारबुधबार, चैत्र १२, २०७०
५ लाखको सुपारी र कपडा बरामद
प्रहरीको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा सुपारी र कपडा बरामद गरेको हो । टोलीले मेचीनगरपालिका–१० बाट ११ चैत साँझ सुपारी र कपडा बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार २२० केजी सुक्खा सुपारी बरामद भएको छ । बरामद सुपारीको मूल्य रु. २ लाख ४४ हजार २२० बराबर पर्छ ।
यस्तै, रु. ३ लाख ४४० मूल्य बराबरको कपडा पनि बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
गोपाल गडतौला, झापा
