समाचारबुधबार, चैत्र १२, २०७०

एक वर्षभित्र संविधान बन्छ, आशङ्का नगर्नुस्ः प्रम कोइराला

हिमालखबर

नेपाल उद्योग परिसङ्घको ११ औं साधारणसभाको ११ चैतमा काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलहरूको प्रतिवद्धताअनुसार एक वर्षभित्र संविधान निर्माण हुने र मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने दाबी गरेका छन् ।

राजनीतिक अस्थिरता र गत्यावरोधका कारण मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दल आर्थिक विकासको एजेण्डामा एक ठाँउमा उभिने स्थिति भएकाले आगामी दिन सहज हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री कोइरालाले सरकारी निकाय पनि आर्थिक विकासका लागि मित्रवत् बन्नुपर्ने धारणा राख्दै थपे, ‘‘कुनै पनि मन्त्री, सचिव, कर्मचारीले दुःख दिए, ढिलासुस्ती गरे, विभिन्न उल्झनमा पारे सोझै प्रधानमन्त्री कार्यालय आउन म उद्योगी व्यवसायीलाई आग्रह गर्दछु ।’’

मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन आफू प्रतिवद्ध रहेको र कुनै पनि समस्यालाई हल गर्न सबै खालका उपायहरू अवलम्बन गर्न तयार रहेको उनले बताए ।

आगामी दश वर्षमा मुलुक आर्थिक रुपमा कायापलट हुने विश्वास व्यक्त गर्दै कोइरालाले त्यसका लागि सबैको साथ सहयोग रहने अपेक्षा रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>