समाचारबुधबार, चैत्र १२, २०७०

पूर्वमन्त्री जोशीलाई एयर एम्बुलेन्सबाट भारत लगिंदै

हिमालखबर

उच्च रक्तचापको समस्या रहेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीको रक्तचाप न्यून भई मुर्छा परेपछि ११ चैतमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले जोशीको प्याङ्क्रियाजमा सङक्रमण देखिएकोले थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजान सुझाव दिएपछि उनलाई दिल्ली लगिने भएको हो ।

संक्रमण प्याङ्क्रियाजबाट कलेजोसम्म पुगेको र नेपालमा उपचार नहुने चिकित्सकहरुले बताएका छन् । उनलाई सीसीयुमा राखेर उपचार गरिंदैछ ।

जोशीलाई लिन आजै अपरान्ह भारतबाट एयर एम्बुलेन्स आउने नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए ।

यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले अस्पताल पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>