समाचारबुधबार, चैत्र १२, २०७०
ओलीलाई भेट्न गौतम दिल्ली जाँदै
तीन सातादेखि भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराइरहेका एमाले नेता केपी ओलीलाई भेट्न उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतम १२ फागुनमा दिल्ली जाँदैछन् ।
गौतम १२ फागुन साँझ ७ बजेको स्पाइस जेटबाट दिल्ली प्रस्थान गर्ने उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।
नेता ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेबाहेक उपप्रधानमन्त्री गौतमको अन्य कार्यक्रम नरहेको सुवेदीले बताए ।
६ वर्षअघि मृगौला प्रत्यारोपण गरेका एमाले संसदीय दलका नेता केपी ओली स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । त्यसपछि थप उपचारका लागि ओली १८ फागुनमा नयाँ दिल्ली गएका हुन्।
छिनछिनमा कामज्वरो आउने गरेको ओलीको ज्वरो निको हुन सकेको छैन ।
यो पनि पढ्नुहोस : के भएको हो ओलीलाई
