समाचारबुधबार, चैत्र १२, २०७०

म प्रधानमन्त्री भए निर्वाचन गराइसक्थें: नेता नेपाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री सुशील कोइराला निर्वाचन गराउन डराइरहेको टिप्पणी गरेका हुन् । रिपोर्टस् क्लबले जनकपुरमा १२ चैतमा गरेको कार्यक्रममा उनले भने, “चुनाव गराउने आँट कोइराला जीलाई छैन, म प्रधानमन्त्री भएको भए चुनाव भइसक्थ्यो ।”

तस्वीर सौजन्यः रिपोर्टस् क्लब

“सरकारमा रहेको कांग्रेस–एमाले, एमाओवादीसहित लगभग सबै दलको घोषणापत्रमा छिट्टै स्थानीय निर्वाचन गराउने उल्लेख हुँदाहुँदै प्रधानमन्त्री किन अग्रसर देखिनुभएको छैन ?” उनले भने, “एमाओवादी लगायतका दलले नमाने पनि चुनावको मिति चाँडै घोषणा गर्नुपर्छ ।”

उनले निर्वाचनमा हारेकाहरुलाई आउँदो निर्वाचनमा पनि साख डुब्ने डर रहेकाले निर्वाचन नचाहिरहेको तर्क गरे । “हार्ने डरले एमाओवादीले निर्वाचन चाहिरहेको छैन,” उनले भने ।

पार्टीको आउँदो महाधिवेशनले सक्षम, क्रान्तिकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेतृत्व छान्ने उनको भनाइ छ । नेतृत्वको विषयमा उनले भने, “पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ता जे निर्णय गर्छ म मान्न तयार छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>