थप समाचारबुधबार, चैत्र १२, २०७०

श्वेतपत्र जारी गर्न माग गर्दै संस्कृत विश्वविद्यालयका कर्माचारी आन्दोलित

हिमालखबर

नेपाल संस्कृत विश्वविद्यालय कर्माचारी संघ केन्द्रीय समितिको अगुवाईमा कर्माचारीहरुले दाङस्थित केन्द्रीय कार्यालयको कर्मचारी प्रशासन महाशाखामा १० चैतदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

यसअघि पनि प्राध्यापकहरुले विभिन्न माग गरेर कुलसचिवको कार्यकक्षमा लगाएको ताला अहिले सम्म पनि खोलिएको छैन भने कर्माचारी संघले आफ्ना ५ बुंदे माग पूरा नहुँदासम्म ताला नखोलिने वताएको छ ।

संघका केन्द्रीय सचिव नविन पोख्रेलका अनुसार संघले विश्वविद्यालयमा भएको आर्थिक अनियमितताको छानविन गरी पारदर्शितका लागि श्वेतपत्र जारी गर्नुपर्ने, २०७० माघ देखिको तलव भत्ता भुक्तानी गरिनु पर्ने, २०६९ सालमा कर्माचारी संघ र विश्वविद्यालयबीच भएको सहमति कार्यान्वयन गरिनुपर्ने, विश्वविद्यालय सभाले पारित गरेको आन्तरिक स्थायी विज्ञापन प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, राजनीतिक आस्थाको आधारमा गरिएको कर्माचारी सरुवा एवम् पदस्थापन तत्काल वदर गरी पायक पर्ने स्थानमै सरुवा गरिनुपर्ने माग राखेको छ ।

सचिव पोख्रेलले विश्वविद्यालयका पदाधिकारीहरुले समस्या समाधान गर्नुको साटो बल्झाउने काम गरिरहेको भन्दै कर्माचारीको मागलाई तत्काल सम्वोधन नगरिए आन्दोलन अझै चर्काउने चेतावनी दिएका छन् ।

गोपाल शर्मा भट्टराई, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>