समाचारबुधबार, चैत्र १२, २०७०
परीक्षा कोठामै बच्चा जन्मियो
रुकुमको राप्ती ज्ञानोदय उच्चमावि सिम्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी जनप्रिय मावि हाँसिवाङकी १८ वर्षीया टीका खड्काले परीक्षा चलिरहेकै बेला छोरी जन्माएकी छन् ।
१२ चैतमा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको परीक्षा दिइरहेकी खड्कालाई परीक्षा शुरु भएपछि व्यथा लागेको थियो । सुत्केरी व्यथा लागेपछि उनलाई विद्यालयको अर्को कोठमा लगेर सुत्केरी गराइएको थियो ।
परीक्षाहलमै सुत्केरी भएकी उनलाई थप समय उपलब्ध गराएर परीक्षा दिने व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी हरिहर धितालले जानकारी दिए ।
रासस
