समाचारबिहीबार, चैत्र १३, २०७०
एमाओवादी अध्यक्ष दाहाललाई पुत्री शोक
एमाओवादी अध्यक्ष दाहालकी छोरी केसीको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् ।
चालिस वर्षीया केसीलाई भारत लगायतका विभिन्न अस्पतालमा उपचारपछि ओम अस्पतालमा भर्ना गरिएको थियो । छोरीको निधनपछि दाहाल अस्पतालमा पुगेका छन् ।
