समाचारबिहीबार, चैत्र १३, २०७०
पाँच विषयमा तीन दलबीच सहमति
तीन दिनसम्मको छलफलपछि शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न र संविधानसभालाई सहयोग गर्न प्रमुख तीन दलका शीर्ष नेता रहने गरी उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्णय गरेको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
गत संविधानसभामा धाँधली भएको दाबी गर्दै एमाओवादीले छानविनका लागि गरेको माग पूरा गर्न व्यवस्थापिका–संसद्बाट समिति गठन गर्ने निर्णय पनि भएको एमाओवादी नेता पोष्टबहादुर बोगटीले बताए ।
त्यसैगरी विगतको संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्न संविधानसभामा राजनीतिक प्रस्ताव पारित गर्ने निर्णयसमेत भएको जानकारी गराउँदै नेता बोगटीले थपे, “समयमै संविधान निर्माणका गर्ने सहमतिका आधारमा भोलि (१४ चैत) सम्म संविधानसभामा संसदीय समिति निर्माण गर्नका लागि दलहरूबाट सभामुखलाई नाम दिइने छ ।”
बैठकले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मूल्यमा भएको वृद्धिको अध्ययन गर्नका लागि संसदीय समिति बनाउने निर्णय पनि गरेको छ ।
रासस
