समाचारशुक्रबार, चैत्र १४, २०७०

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ५ सैनिकको मृत्यु

हिमालखबर

सुपर हर्क्युलिस विमान । फाइल तस्वीर साभार: टाइम्स अफ इण्डिया

ग्वालियर एयरबेसबाट ७२ माइल पश्चिममा सी– १३० जे सुपर हक्र्युलिस एयरक्राफ्ट दुर्घटना भएको भारतीय वायुसेनालाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले सन् २०१० मा यस्ता हक्र्युलिस विमान ५ वटा अमेरिकाबाट ल्याएको थियो । आगरा एयरबेसबाट उडेको उक्त विमान १४ चैत विहान दुर्घटनामा परेको हो । उक्त विमान मलेशियन एअरलाइन्सको वेपत्ता विमान खोजीका लागि पनि प्रयोग गरिएको थियो ।

इन्फ्रारेड डिटेक्सन सेट (आइडिएस) समेत भएको उक्त विमान कम उँचाई उड्न सक्ने, अँध्यारोमा पनि अवतरण गर्न सक्ने र खराब मौषममा समेत उड्न सक्ने अत्यन्तै सुरक्षित विमान मानिन्छ । यस्तो विमानमा उडिरहेकै बेला अर्को विमानबाट इन्धन भर्न सकिने सुविधा पनि हुन्छ ।

दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको  पनि भारतीय वायु सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>