थप समाचारशुक्रबार, चैत्र १४, २०७०
मोरङको जंगलमा क्यासिनो !
मोरङको सुनझोडा र बेतिनी सामुदायिक वनभित्र जुवाडेले लुकेर जुवा खेल्न बनाएको पक्की जुवाघर इलाका प्रहरी कार्यालय उर्लाबारीले भत्काएको छ । शहर बजार र गाउँघरमा प्रहरीले जुवा खेल्नेलाई कडाइ गर्न थालेपछि जुवाडेले जंगलभित्र पक्की जुवाका खाल बनाएर खेल्न थालेका थिए ।
प्रहरीले उर्लाबारीस्थित सुनझोडा र बेतिनी सामुदायिक वनभित्र जुवाडेले जुवा खेल्न बनाएको पक्की जुवाका खाल फेला पारेपछि भत्काइदिएको इप्रका उर्लाबारीका निरीक्षक वेदप्रकाश गौतमले बताए ।
रासस
