समाचारशुक्रबार, चैत्र १४, २०७०

संसदीय अध्ययन र सुनुवाई विशेष समिति गठन

हिमालखबर

सभामुखले संविधानसभा/व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली, २०७० को नियम ११६ को उपनियम (२) बमोजिम संसदीय अध्ययन तथा सुझाव समितिमा रहने सदस्यहरूको नामावलीसहित सभामुखले प्रस्तुत गरेको प्रस्ताव सदनले बहुमतले स्वीकृत गरेको छ ।

उक्त समितिले पेट्रोलियम पदार्थ मूल्यवृद्धि सम्बन्ध तथा नेपाल आयल निगमको आन्तरिक व्यवस्थापन, चुहावट नियन्त्रण, वैकल्पिक ऊर्जाको संभावना, पेट्रोलियम पदार्थ आयातमा निजी क्षेत्रको सहभागितालगायत विषयमा अध्ययन गरी सरकारसमक्ष एक महिनाभित्र अध्ययन प्रतिवेदन प्रस्तुत गर्नेछ ।

त्यसैगरी व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली, २०७० को ११८ बमोजिमको संसदीय सुनुवाई विशेष समितिमा रहने सदस्यहरूको नामावलीसहितको प्रस्ताव पनि संसद्ले स्वीकृत गरेको छ ।

अध्ययन तथा सुझाव समितिमा ११ र संसदीय सुनुवाई विशेष समितिमा ६९ जना सदस्य छन् ।

त्यसअघि, बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपतिले प्रमाणीकरण गरेका विभिन्न १३ वटा ऐनबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गरेका थिए ।

व्यवस्थापिका–संसद्को अर्को बैठक १८ चैत बिहान ११:०० बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>