थप समाचारशुक्रबार, चैत्र १४, २०७०

खोज पत्रकारिता पुरस्कार ४ जनालाई

हिमालखबर

बेलायती दुतावासको सहयोगमा खोजपत्रकारिता केन्द्र र वेलायतस्थित थम्सन फउण्डेसनले संयुक्त रुपमा प्रदान गर्ने ‘कम्पिटेटिभि क्याम्पेन फर इन्भेस्टिगेटिभ रिपोर्टिङ’ पुरस्कार हिमाल खबर पत्रिकाका रामेश्वर बोहरा, उज्यालो एफएमका गोपाल गड्तौला, नागरिक दैनिकका सुबोध गौतम र अन्नपुर्ण पोस्ट दैनिकका सुर्य पाण्डेले पाएका छन् ।

पुरस्कृत पत्रकारहरु बेलायती राजदूतका साथमा

नेपालस्थित बेलायती दुतावासमा १४ चैतमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत एन्डी स्पार्कले ‘सञ्चारमाध्यमको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी सरकारलाई जबाफदेही बनाएर जनतालाई सुसूचित गर्नु भएको बताए ।

पुरस्कृत पत्रकारहरुले आगामी जुलाई महिनामा बेलायतमा खोज पत्रकारिताको ‘समर कोर्स’ मा सहभागी हुनुका साथै बेलायती मिडियामा अनुभव साटासाट गर्नेछन् ।

खोज र चुनाव  रिपोर्टिङ सम्बन्धी समाचार लेख्ने पत्रकारहरूमध्येबाट उत्कृष्ट ठहर भएका चार जना पुरस्कृत भएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>