समाचारशनिबार, चैत्र १५, २०७०

सेकुवा खान जाँदा अध्यागमन खाली

हिमालखबर

९ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जानुपर्ने भएपछि अधिकांश कर्मचारी छलफलमा जुटेकै बखत अध्यागमन खाली हुन पुगेको थियो ।

त्यसले गर्दा विदेशबाट आएका यात्रुको भिसामा अध्यागमनको छाप लाउन छुटेको थियो भने चेकजाँचविनै सबै विदेशी नेपाल भित्रिएका थिए ।

“अख्तियारले अध्यागमन कार्यालयका कर्मचारीलाई पुर्जी काटेको र बयान दिन जानुपर्ने भएपछि त्यसको तयारीमा केही कर्मचारी लागे, केही भने सेकुवा सेटसहितको खाजा खान गोल्डेन गेटबाहिर निस्किए । त्यहीबेला स्पाइस जेटको विमान विमानस्थलमा ल्यान्ड गर्दा उनीहरु त्यहाँ पुग्न भ्याएनन्”, एक कर्मचारीले भने ।

अन्तराष्ट्र्रिय विमानस्थल अध्यागमन विभाग र भन्सार कार्यालयमा कार्यरत कर्मचारीबाट भएको गम्भीर लापरबाहीको सम्बन्धमा छानविन समितिले १४ चैतमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई प्रतिवेदन बुझाएको छ ।

तर, सो प्रतिवेदनमा कर्मचारी डेस्क नै खाली गरेर छलफलमा बसेको र सेकुवा खान गएको विवरण कहीँ पनि उल्लेख नभएको खबर राजधानी दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>