समाचारशनिबार, चैत्र १५, २०७०

अपराधीलाई पक्राउ र दोषीलाई कारबाहीको माग

हिमालखबर

धनुषा जिल्लाका राजनीतिक दलहरुको संयन्त्रको बैठकले रामानन्द चोक बम काण्ड र सिंघानिया हत्याका दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाका अध्यक्ष देवन गोइतको अध्यक्षतामा सम्पन्न बैठकमा एसएलसी परीक्षाको क्रममा यदुकुहा र धबौली परीक्षा केन्द्रमा भएको घटनाको न्यायिक छानबिन गर्न पनि माग गरिएको छ ।

रद्द गरिएको परीक्षा पुनःलिनुपर्ने माग गर्दै बैठकले परीक्षार्थीमाथि गोली चलाउने प्रहरी टोलीको नेतृत्व गरेका प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने मागसमेत गरिएको नेपाली कांग्रेसका धनुषा जिल्ला सचिव कोमलकान्त झाले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई बैठकको निर्णयबारे ध्यानाकर्षण गराउने पनि जनाइएको छ ।

बैठकमा नेका धनुषा सचिव झा, एमाले धनुषा अध्यक्ष हरिनारायण महतो, एमाओवादी धनुषा सेक्रेटरी रामचन्द्र मण्डल, फोरम नेपालका लालजी शरण यादव, नेकपा संयुक्तका श्रीलाल महासेठ, तमलोपा धनुषाका नेता परमेश्वर साह, राष्ट्रिय मधेस समाजवादी पार्टीका धनुषा अध्यक्ष महाशङ्कर ठाकुरलगायतको उपस्थिति थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>