समाचारशनिबार, चैत्र १५, २०७०
नेपालवाणी नेट्वर्कमा तालाबन्दी
लामो समयदेखि नदिएको तल दिइनु पर्ने र निष्कासित कर्मचारीका पुनर्बहालीको माग गर्दै पूर्वकर्मचारी र पत्रकारहरुले नेपालवाणी नेट्वर्कको अनामनगरस्थित कार्यालयमा १५ चैतदेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
“बारम्बारको अनुरोध तथा ध्यानाकर्षणले पनि तलब नदिएपछि एकमुष्ट तलब भुक्तानी नगरेसम्म नेटवर्कको सम्पूर्ण प्रसारण बन्द हुनेगरी शनिबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ,” कर्मचारीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तालाबन्दीपछि काम ठप्प पारेर कर्मचारीहरू नेपालवाणीको कार्यालय बाहिर धर्नामा बसेका छन् ।
पूर्वकर्मचारीहरुको पारिश्रमिक वापतको बक्यौता रकम एकमुष्ट रुपमा भक्तानी हुनुपर्ने र बिना जानकारी निष्कासन गरिएका कर्मचारी पत्रकारको तत्काल पुनःबहाली गर्नुपर्ने दुइँ बुँदे माग उनीहरुको छ ।
नेपाल वाणी नेटवर्कले काठमाडौंमा ‘रेडियो उपत्यकासहित’ देशभरका विभिन्न रेडियो स्टेसनमा समाचार तथा विभिन्न समाचारमूलक कार्यक्रम प्रसारण गर्दै आएको छ ।
