समाचारशनिबार, चैत्र १५, २०७०

हवाई क्षेत्रका लागि विशेष योजना: मन्त्री आचार्य

हिमालखबर

पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले पर्यटन प्रवद्र्धनका लागि हवाई सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन लागिएको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले १५ चैतमा काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री आचार्यले सन् २०१९ सम्म नेपालका दुर्गम क्षेत्रमा उडान भर्ने १५ वटा जहाज ल्याउने लक्ष्य राखी एक महिनाभित्र व्यावसायिक योजना ल्याइने बताए ।

उनले नेपाल वायुसेवा निगमका १० वर्षदेखि थन्केर बसेका दुई वटा साना जहाज बनाउन लागिएकोले आगामी चार महिनामा सञ्चालनमा आउने जानकारी दिए ।

“आन्तरिक उडानका लागि अहिले एउटा विमान इन्जिन भाडामा लिएर उडाइरहेका छौँ, दुई वटा बिग्रिएको विमान चार महिनाभित्र बनेर उड्छ । एउटा ठूलो र एउटा सानो विमान एक महिनाभित्र चीनबाट आउँछ, बाँकी तीन जहाज पनि चीनबाट आउने तयारीमा छ ।”

सन् २०१९ सम्ममा चार वटा ठूलो र ११ वटा सानो जहाज बनाएर व्यावसायिक र सेवामूलक क्षेत्रमा चलाउने योजना बनाएको उनले जानकारी दिए ।

विदेशी जहाजले नेपालको आकाश र बजार ओगटी वर्षको रु ८७ अर्ब लगेको उल्लेख गर्दै मन्त्री आचार्यले यसलाई ध्यानमा राखी आफूले सशक्त खालको विकास योजना अगाडि बढाएको र सन् २०१९ सम्म ठूलो साइजका ७ वटा जहाज पु¥याउने लक्ष्य रहेको बताए ।

इयुले नेपाली हवाई उडानको सुरक्षा, चालक र प्राविधिक कमजोरीलाई कारण जनाउँदै कालोसूचीमा राखेकोले त्यसको सुधारका लागि तत्कालै कार्यक्रम अघि बढाइने र सन् २०१४ भित्रै नेपाल कालोसूचीबाट हट्ने दाबी गरे ।

हवाई क्षेत्रको उडानलाई सहज, व्यवस्थित र मर्यादित बनाउन एक महिनाभित्र ई–टिकटिङ पद्धति लागू गरिने पनि उनले बताए ।

पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण पर्यटन बोर्डलाई सुधार गरी त्यहाँ भइरहेको गुटबन्दी र समस्या समाधानका लागि तत्कालै कदम चालिने आचार्यको भनाई थियोे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>