समाचारशनिबार, चैत्र १५, २०७०
क्रिकेटको विकास प्राथमिकतामा: गगन थापा
कामनपा–७ सिफलमा क्रिकेट खेलाडी शरद भेषवाकरको सम्मान कार्यक्रममा सभासद् गगन थापाले टी–२० विश्वकपमा खेलाडीहरुको व्यक्तिगत सक्रियताले नै महत्वपूर्ण सफलता हासिल भएको भन्दै क्रिकेटको विकासका लागि सरकारले उच्च प्राथमिकतासाथ काम गर्नु पर्ने बताएका छन् ।
विश्वकप क्रिकेटको बङ्गलादेशको खेलमा नेपाली टोलीले गरेको उत्कृष्ट प्रदर्शनले नेपाललाई विश्वसामु चिनाएको चर्चा गर्दै थापाले खेलाडीहरु राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएको धारणा व्यक्त गरे ।
