समाचारआइतबार, चैत्र १६, २०७०

‘एघार सय उच्चपदस्थ कर्मचारीसँग ग्रिनकार्ड’

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले १६ चैतमा आयोजित साक्षात्कारमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनमा कार्यरत करिब ११ सय कर्मचारीहरुसँग विदेशको पिआर र ग्रिनकार्ड रहेको भन्दै त्यस्ता कर्मचारीहरुको नामावली संकलनको काम चलिरहेको बताएका छन् ।

उनले विदेशस्थित नेपाली दुतावास र कुटनीतिक नियोगमार्फत पीआर र ग्रिन कार्ड लिएका नेपालीहरुको नाम मगाएर त्यसबाट समेत छानविन गर्ने तयारी भईरहेको जानकारी दिए ।

उनले भने, “विदेश भ्रमणमा जाने कर्मचारीहरुलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै कस्तो किसिमका भीषा र पासपोर्ट लिएर जान्छन चेक गरेर धेरै समयको भीषा र ग्रिनकार्ड भेटे हनुमान ढोकामा पुर्‍याएर कारवाही गर्छु ।”

उनले विदेशमा स्थायी बसोबासको अनुमति लिएका कर्मचारीलाई कारवाही गर्न निजामित ऐन संसोधनका लागि मन्त्रिपरिषदबाट समेत सहमति लिईसकेको बताए ।

मन्त्री पण्डितले डिभी पर्‍यो कि परेन, ग्रिनकार्ड कहिले आउँछ भन्ने कुरामा मात्र चिन्तित कर्मचारीले देश विकासका लागि काम गर्न नसक्ने धारणा राखे । उनले भने, ‘डिभिको सपना देख्नेले नेपाल बनाउन सक्दैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>