समाचारआइतबार, चैत्र १६, २०७०
कांग्रेसको महाकाली–मेची अभियान शुरु
बच्चु विक, महेन्द्रनगर
नेपाली कांग्रेसले १६ चैतदेखि महाकाली–मेची जागरण अभियान शुरु गरेको हो । महेन्द्रनगरमा भएको कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवा र उप–सभापति रामचन्द्र पौडेलले संयुक्त रुपमा अभियानको उदघाटन गरेका छन् ।
उनीहरुले गमलामा पानी तथा दीप प्रज्वलन गरेर अभियानको उदघाटन गरे । संस्थापक नेता विपी कोइरालाको सतवार्षिकी जन्मजयन्तिको अवसर पारेर कांग्रेसले अभियान शुरु गरेको जनाएको छ ।
कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको जागरण अभियानसँगै प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि शुरु भएको छ । अभियानको पहिलो चरणमा १४ वटै अञ्चलमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यले जानकारी दिए ।
महेन्द्रनगरमा शुरु भएको जागरण अभियानमा महाकाली अञ्चलका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नेता तथा कार्यकर्ता सहभागी छन् । कार्यक्रममा चारै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रबाट कार्यकर्ता सहभागी रहेको कांग्रेसले जनाएको छ ।

