समाचारआइतबार, चैत्र १६, २०७०
नेविसंघको महाधिवेशन जेठमा
नेविसंघको १६ चैतमा बसेको केन्द्रीय समिति बैठकले ११ औँ महाधिवेशन जेठ (२९–३१) मा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
संघका प्रवक्ता युपी लामिछानेका अनुसार संघको प्रस्तावलाई पार्टीले अनुमोदन गर्न बाँकी छ।
महाधिवेशनको तयारीका लागि संघले १५ वैशाखसम्म उपत्यकाका क्याम्पसको र १८ वैशाखसम्म जिल्ला अधिवेशन सक्ने निर्णय गरेको छ।
संघको आन्तरिक र पार्टीकै नेताहरु समेतको विवादका कारण यसअघि दुई पटक मिति तोकिए पनि महाधिवेशन हुन सकेको छैन । यसअघि २७ भदौका लागि ११ औं महाधिवेशनको मिति तोकेर धेरै जिल्लाको अधिवेशन भए पनि महाधिवेशन हुन सकेको थिएन ।
जेठ २०६४ पछि नेविसंघको महाधिवेशन भएको छैन।
