समाचारसोमबार, भाद्र ११, २०६९

कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्छः पुन

हिमालखबर

क्रान्तिकारी पत्रकार संघ, दाङले ११ भदौमा घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने ललितपुरमा आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा कुनै हालतमा सरकार बन्न नसक्ने बताएका थिए ।

एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले संघीयता, धर्मनिरपेक्षता र समावेशिता सुनिश्चित हुनेगरी संविधान जारी हुने ग्यारेन्टी भएमा आफूहरु एकछिन पनि सरकारमा नबस्ने दाबी गरे । पुनले संविधान निर्माणका लागि संविधानसभाको चुनाव वा छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरेर जानु नै अहिलेको विकल्प भएको बताए ।

संविधानसभा विघटनपछि कामचलाउ अवस्थामा पुगेको सरकारले राजीनामापछि आउने सरकार झनै टिकेमात्र हुने पुनको भनाइ छ । संविधानसभाले टुंग्याएका विषयहरुलाई यथावत् राख्दै नमिलेका बाँकी विषयहरुमा जनतामा जान पनि सकिने भन्दै मन्त्री पुनले सहमति भए राष्ट्रपतिबाट बाधा अड्काउ फुकाई अघि बढ्न सकिनेसमेत बताए ।

देशभर १५ हजार स्वास्थ्यकर्मीहरुको कोटा खाली रहेको र केही समयपछि संवैधानिक निकाय नै खाली हुने अवस्था आएको भन्दै मन्त्री पुनले त्यसलाई व्यवस्थित गर्न अध्यादेश जरुरी पर्ने बताए ।

यसैबीच अर्थमन्त्री पुनसँग उद्योग वाणिज्य संघ, दाङले जिल्लाको उद्योग, व्यवसाय र विकास निर्माणका विषयमा छलफल गरेको थियो ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>