समाचारसोमबार, चैत्र १७, २०७०

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिश

हिमालखबर

संवैधानिक परिषदको १७ चैत बिहान बसेको बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश शर्मालाई सिफारिश गरेको हो । बैठकपछि प्रमुख प्रतिपक्षि दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि शर्माको नाम सिफारिश गरेको जानकारी दिए ।

परिषदको सिफारिश संसदीय सुनुवाइ समितिमा तत्कालै पठाउने कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बताए । संसदीय सुनुवाइपछि शर्माको नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

सर्वोच्चका प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषद अध्यक्ष भएपछि वरिष्ठ न्यायाधीश शर्मा कायममुकायम प्रधानन्यायाधीश बनेका थिए । रेग्मीले २७ माघमा राजीनामा दिएसँगै प्रधानन्यायाधीश पद रिक्त थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>