समाचारसोमबार, भाद्र ११, २०६९

लडाकुको समायोजन छनोट प्रक्रिया २१ भदौबाट

रासस

सेना समायोजन विशेष समितिको ११ भदौमा बसेको बैठकले अवरुद्ध रहेको छनोट प्रक्रियालाई यही २१ भदौदेखि अगाडि बढाउने निर्णय गरेको हो । बैठकपछि विशेष समितिका सदस्य रामशरण महतले समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भएको र छनोट प्रक्रियालाई अगाडि बढाइने निर्णय गरिएको जानकारी दिए ।

महतले लडाकुको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र १८ वर्षपुगेकै मितिलाई सेवा प्रवेशको आधार बनाउने निर्णय समेत बैठकले गरेको बताए ।

बैठकले छनोट प्रक्रिया अगाडि बढाइएपछि महानिर्देशनालय गठनबारे प्रक्रियालाई छनोट भएको सङ्ख्याको आधारमा निर्ण्र्ाालिइने र यकिन भएको सङ्ख्यालाई ३५ प्रतिशत कायम गर्ने र बाँकी अन्य सुरक्षा निकायबाट समावेश गरी संयन्त्र निर्माण गर्ने निर्ण्र्ाागरेको छ ।

अर्का सदस्य जीतेन्द्र देवले शैक्षिक योग्यताको विषयलाई समेत आजको बैठकले टुङ्ग्याएको र जुन मितिमा १८ वर्षपुग्छ त्यही मितिलाई आधार मानेर सेवा अवधि गणना गरिने जानकारी दिंदै यही भदौ १८ गते बस्ने अर्को बैठकबाट स्वेच्छिक अवकाशमा जानेहरुको दोस्रो किस्ताबापतको रकम बाँड्नेबारे निर्णय लिइने जानकारी दिए ।

विशेष समितिका प्रवक्ता तथा मुख्यसचिव लीलामणि पौडेलले लडाकुहरुको आत्मसम्मानमा चोट नपुग्ने गरी समायोजनको प्रक्रिया अगाडि बढाउने र समायोजनको प्रक्रिया सुरु हुनासाथ लडाकुहरुको मागअनुसार ४५ दिन बिदा दिने व्यवस्था तथा सो समयावधिको भत्तासमेत उपलब्ध गराइने बताए ।

विगतमा लडाकुहरुले प्रयोग गरेका हतियार राज्यको मातहत ल्याइए पनि हाल शिविरमै रहेकाले त्यसलाई समायोजन प्रक्रिया शुरु भएकै दिनदेखि सरकारको मातहतमा रहने गरी नेपाली सेनालाई जिम्मा लगाइने पनि निर्णयभएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>