समाचारसोमबार, चैत्र १७, २०७०

सशस्त्र द्वन्द्वमा भएका सबै घटनाप्रति जवाफदेही छुः भट्टराई

हिमालखबर

सविता श्रेष्ठ, चितवन

एमाओवादी नेता भट्टराईले तत्कालीन माओवादीको जनसरकार प्रमुखको हैसियतले सशस्त्र द्वन्द्वमा भएका सबै घटनाको जवाफदेही आफू भएको बताएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनमा १७ चैतमा भएको बिरोधसभामा उनले भने, “तत्कालीन माओवादीको जनसरकार प्रमुखको हैसियताले सबै घटनाको जिम्मेवारी म लिन्छु ।”

“सशस्त्र द्वन्द्वकालका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुंगो लगाउनुपर्छ,” उनले भने, “यदि आयोगमार्फत् मुद्दा टुंगो नलगाउने भए म विरुद्ध मुद्दा चलाएर देखानोस् ।”

गोरखा फूजेलका कृष्ण अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको परिवारद्वारा आयोजित बिरोधसभालाई संबोधन गर्दै उनले आफूलाई पक्राउ गरेर मुद्दा चलाउन चुनौती दिए । अधिकारी हत्याका आरोपितका परिवारले १७ चैतमा जिल्ला प्रहरी कार्यालय चितवनमा बिरोधसभा गरेका थिए ।

उनले गृहमन्त्री वामदेव गौतमलाई भेटेर पक्राउ परेका आरोपितलाई रिहा गर्न आग्रह गरिसकेको पनि जानकारी दिए । “यदि पक्राउ परेकाहरु रिहा भएनन् भने घटनाले अर्को रुप लिन्छ,” उनले चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>