थप समाचारसोमबार, चैत्र १७, २०७०
धरानमा खानेपानी अभाव हट्ने
वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएको धरानवासीले आउँदो तीन वर्षभित्रैमा खानेपानीको अभावबाट मुक्ति पाउने भएका हुन् । एडीबीको सहयोगमा धरान नगरपालिकाले शुरु गरेको आयोजनासँगै धरानमा खानेपानीको समस्या हट्ने छ ।
खानेपानी आयोजनाका ब्यवस्थापक तथा नगरपालिकाका इञ्जिनियर राजु पोखरेलका अनुसार धरानको लागि आवश्यक दैनिक २ करोड १५ लाख लिटर खानेपानीमा वर्षको ७ महीना स्थानीय खोला र ५ महीना जमीनबाट पम्प गरेर उपलब्ध गराइने छ ।
राजधानीमा १७ चैतमा धरान सरोकार समाजले गरेको कार्यक्रममा पोखरेलले आयोजनाबाट खानेपानी उपलब्ध हुन थालेपछि पनि महशुल भने नबढाइने जानकारी दिए ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर–१ सभासद् कृष्णकुमार राईले खानेपानी जस्तो कुराका लागि समेत बिरोध हुनु नहुनेमा जोड दिए ।
समाजले धरानबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरु कृष्णकुमार राई, मीन विश्वकर्मा र आरके खम्बु तथा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा एवम् कला पत्रकार जयन सुब्बा मानन्धरलाई सम्मान पनि गरेको छ ।

