समाचारमंगलबार, चैत्र १८, २०७०

हिंसाविरुद्ध अदालत जाने महिला बढे

हिमालखबर

काभ्रेमा महिलामाथि हुने हिंसा विशेष गरी जबर्जस्ती करणीका मुद्दा सबैभन्दा बढी रहेको जिल्ला अदालत काभ्रेले जनाएको छ ।

गलत कार्य गर्नेलाई सजाय दिलाउनुपर्छ भन्ने भावना र महिलामा भएकोे चेतनाको विकासले मुद्दा बढेका हुन् सक्ने जिल्ला अदालतका श्रेस्तेदार हीरण्यप्रसाद भण्डारीले बताए ।

जिल्ला अदालतका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा सम्बन्ध विच्छेदसम्बन्धी २६ वटा मुद्दामा तीन वटा फैसला भएको, बलात्कारसम्बन्धी १५ वटा मुद्दामा ११ वटा फैसला भएको र बहुविवाहसम्बन्धी चार वटा मुद्दामा तीन वटा फैसला भएको छ । बोक्सीको आरोपमा दर्ता भएको एउटा मुद्दा भने फैसला भएको छैन ।

त्यस्तै आर्थिक वर्ष ०६९/०७० मा सबैभन्दा बढी सम्बन्ध विच्छेदसम्बन्धी ९९ वटा मुद्दा परेका थिए । तीमध्ये ७३ वटा फैसला भएको छ ।

“ग्रामीण क्षेत्रमा रहेका महिलामा देखिएको सचेतता र स्थानीय महिला अगुवाका कारणले नै महिलाले दोषीलाई दण्डित गर्न अदालत जाने सकारात्मक सोचको विकास भएको छ,” महिला अधिकारकर्मी माया वादेले भनिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>