समाचारबुधबार, चैत्र १९, २०७०
प्रधानमन्त्री कोइराला भेटघाटमा व्यस्त
प्रधानमन्त्री सुशील कोइराला र राप्रपा अध्यक्ष सूर्यबहादुर थापाबीच १९ चैत विहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले दलहरू बीचको सहमति र सहकार्यमा सरकार अगाडि बढ्ने भन्दै थापालाई छिटै सरकारमा सहभागी हुन आग्रह गरे ।
प्रधानमन्त्री कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीका अनुसार उनीहरुबीच संविधान निर्माण एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भएको थियो ।
प्रधानमन्त्री कोइरालाले १८ चैतमा राप्रपा नेता पशुपतिशम्शेर जवरासँग भेट गरेका थिए ।
त्यसैगरी कोइरालाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटघाट गरेका छन् ।
“संविधान निर्माणमा आफ्नो पार्टीले सहयोग गर्ने जानकारी दिएँ”–भेटपछि अध्यक्ष ठाकुरले भने । उनले भेटमा स्थानीय निर्वाचन र संसदीय समितिहरूमा आफ्नो पार्टीका तर्फबाट रहने सांसदहरूको नामावली दिएको जानकारीसमेत दिए ।
