थप समाचारबुधबार, चैत्र १९, २०७०
दुई सय किलो चरेस बरामद
ना ३ ख ६३८० नम्बरको ट्रकको तल्लो भागमा गोप्य ठाउँ बनाई लुकाइएको दुई क्विण्टल चरेससहित एक भारतीय कारोबारीलाई इलाका प्रहरी कार्यालय जीतपुर बाराले १८ चैत साँझ वरामद गरेको छ ।
वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौलका ३० वर्षीय सेराज आलमलाई प्रहरीले जीतपुर–३ स्थित गढीमाइ मन्दिरको अगाडि पक्राउ गरेको हो । हेटैंडाबाट आउँदै गरेको ट्रकलाइ रोकेर चेक–जाँच गर्न खोज्दा ट्रकका चालक भने हाम फालेर फारार भएका छन् ।
चरेस तस्करीमा ठूलै गिरोह सक्रिय भएको र छिटै पक्राउ गरिने प्रहरी नायाव निरीक्षक अरुणकुमार कुशवाहाले बताए । “लगभग एक महिनाको प्रयासपछि एकजना कारोबारी र ठूलो मात्रामा चरेश बरामद भएको छ,” कुशवाहाले भने, “मुख्य कारोवारी पनि छिटै समातिने छ ।”
श्याम गुप्ता, बारा


