समाचारबुधबार, चैत्र १९, २०७०
१२५ जातजातिलाई भूगोल छुट्याउन सकिंदैनः मन्त्री आचार्य
कुनै जाति र आदिवासीहरुको अधिकार भूगोल छुट्याउँदैमा स्थापित नहुने भन्दै वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले सवै जातजातिको समान प्रतिनिधित्व, भाषिक र साँस्कृतिक अधिकारको संरक्षणले मात्रै सबैको विकास सम्भव हुने बताएका छन् ।
“१२५ जातजातिलाई निश्चित भूगोल छुट्याउन सकिंदैन, भूगोलको भागवण्डाले देश बन्दैन,” धनकुटाको राजारानीमा १९ फागुनमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन गर्न आएका आचार्यले भने, “सबैको पहिचानको सम्मान गर्दै राष्ट्रियता बलियो पार्नु महत्वपूर्ण हो ।”
उनले सवै जातजाति एकैठाउँमा मिलेर बस्ने वातावरण बन्नु पर्छ भन्दै विकासका लागि शान्ति, एकता, भ्रातृत्व र अहिंसा आनिवार्य रहेकोमा जोड दिए ।
एकवर्ष भित्र संविधान निर्माणका लागि सर्वदलीय सहमति भएन भने सहमत हुने पक्षहरुले लोकतान्त्रिक विधिमार्फत सम्विधान बन्ने आचार्यको भनाई छ ।
उनले भने, “अघिल्लो संविधानसभाले गरेका कामको स्वमित्वग्रहण गरेर संविधान निर्माण लागि अधिकतम सहमतिको प्रयास गर्दा समेत भएन भने दुईतिहाई बहुमत पु¥याएर संविधान जारी हुन्छ ।”
द्वन्द्वकालका अपराधलाई राजनीतिक रङ् दिएर पन्छाउने प्रयासमा केही राजनीतिक दलहरु लागेको आरोप लगाउँदै उनले अपराध जुनसुकै बेला भएको भए पनि कानून अनुसार दोषीलाई कार्वाही गर्न सरकारी तत्पर रहेको दाबी समेत गरे ।
सन्तोष रुचाल, धनकुटा
