थप समाचारबुधबार, चैत्र १९, २०७०
आगोमा जलेर बालिकाको मृत्यु
प्यूठान नयाँगाउँ–३ का प्रेमबहादुर थापाको घरमा आगो लाग्दा थापाकी पाँच वर्षीया छोरी दीपिकाको जलेर मृत्यु भएको छ ।
आगलागीबाट ५ बाख्रा र एउटा पाडो पनि जलेर मरेका छन् ।
आगो नियन्त्रणको प्रयास भइरहेको र सशस्त्र तथा नेपाल प्रहरीको टोली घटनास्थल तर्फ जाँदै छ ।
बच्चाहरु घरमा खेलिरहेको र अभिभावकहरु आँगनमा गहुँ चुट्दै गर्दा एक्कासी आगो लागेको स्थानीय यादव पौडेलले जानकारी दिए ।
विजयसिंह भारती, प्यूठान
