थप समाचारबुधबार, चैत्र १९, २०७०
अमेरिकाद्वारा रुसमाथि नाकाबन्दी
अमेरिकी प्रतिनिधिसभाकोे बैठकले रुसमाथि नाकाबन्दी लगाउने प्रस्ताव बहुमतले पारित गरेको छ । युक्रेनमा राजनीति विद्रोह भएपछि केहीदिनमात्र अघि युक्रेनको प्रायद्वीप क्रिमिया रुसमा बिलय भएको छ । उक्त घटनापछि अमेरिका रसियाको सम्बन्ध चिसिँदै गएको छ ।
युक्रेनको प्रायद्विप क्रिमियालाई रुसमा विलय गराएपछि अमेरिकाले उक्त घटनाको व्यापक विरोध गरेको थियो ।
त्यसैगरी अमेरिकाले युक्रेनलाई सहयोगको प्रस्ताव पनि पारित गरेको छ । युक्रेनलाई हालका लागि केही सहायता र करिब एक अर्ब अमेरिकी डलर बराबर ऋण सहायता प्रदान गरिएको छ ।
ती प्रस्तावमा अब अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रमाणिकरण गर्नुपर्ने छ । सो हस्ताक्षरपछि ती प्रस्ताव लागु हुने छन् ।
प्रस्ताव पारित भएपछि अमेरिकी कंग्रेसका सभामुख जोन बाहनरले भने, “अमेरिकी कंग्रेस र सिनेट यतिखेर युक्रेनका नागरिकको पक्षमा रहेका छौँ ।”
एएफपी
