समाचारबिहीबार, चैत्र २०, २०७०

चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी राजधानीमा

हिमालखबर

नेपाल र चीनका परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारीबीच सम्पर्क स्थापनालाई सुदृढ बनाउने उद्देश्यले चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी नेपाल भ्रमणमा आएका छन् ।

दुईवर्षअघि चिनियाँ प्रधानमन्त्री वेन जियावाओले गरेको नेपालको औपचारिक भ्रमणका बेला दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च कर्मचारी आदानप्रदान गर्ने सम्बन्धमा भएको द्विपक्षीय समझदारीअनुसार चिनियाँ टोली नेपाल आएको परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुईंटेलले जानकारी दिइन् ।

नेपाल र चीनबीच आर्थिक–सामाजिक सम्बन्ध विस्तार तथा पारस्परिक सहयोग प्रवद्र्धनका थप क्षेत्र पहिचान गर्ने तथा सहयोग एवम् सहकार्य बढाउने उद्देश्यले चिनियाँ टोली भ्रमणमा आएको उनले भनिन् ।

नेपालको वस्तुस्थिति र परराष्ट्र मन्त्रालयका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क एवम् सम्बन्ध स्थापना गर्दै आपसी हित र चासोका विषयमा विचार आदानप्रदानमा दुवै देशका अधिकारीहरूका छलफल केन्द्रित रहने जानकारी पनि उनले दिइन् ।

नेपाल–चीनबीचको समझदारीअनुसार पहिलोपटक गत वर्ष परराष्ट्र मन्त्रालयको टोली चिनियाँ अधिकारीहरूसँग परामर्श गर्न चीन गएको थियो ।

नेपालमा रहँदा चिनियाँ प्रतिनिधिमण्डलले निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागीसँग भेटवार्ता गर्नुका साथै सहसचिव लुईंटेलसँग पनि बेग्लाबेग्लै छलफल गर्नेछ । स्वदेश फर्कनुअघि चिनियाँ टोलीले लुम्बिनी, नगरकोट र भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>