समाचारमंगलबार, भाद्र १२, २०६९

दलहरूबीचको संवादले राष्ट्रपति खुशी

रासस

राष्ट्रपति कार्यालयमा १२ भदौ बिहान भएको भेटवार्तामा अध्यक्ष दाहालले दलहरुबीच सुरु भएको संवादको क्रमबारे राष्ट्रपति डा. यादवलाई अवगत गराएका थिए । भेटमा राष्ट्रपतिले मुलुकमा विद्यमान राजनीतिक गतिरोध छिटो अन्त्यहोस् भन्दै त्यसका लागि दलहरुबीचको छलफललाई तीव्रता दिनुपर्ने बताएको दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले भने, “अहिले राजनीतिक दलहरुबीच फेरि राजनीतिक सहमतिको यात्रा सुरु भएको छ । हामी सकारात्मक ढङ्गबाट अघि बढ्छौँ भनेर मैले राष्ट्रपतिसमक्ष प्रतिबद्धता राखेँ ।” दलहरुबीच सुरु भएको संवाद प्रक्रियाप्रति राष्ट्रपतिले खुसी व्यक्त गरेको तथा राजनीतिक निकास छिट्टै होस् भन्ने चाहेको अध्यक्ष दाहालले बताए । राष्ट्रपति डा. यादव, छिट्टै प्रमुख चार दललाई बोलाएर कुराकानी गर्ने पक्षमा रहेको पनि अध्यक्ष दाहालले जानकारी दिए ।

यसैबीच आजै एमाओवादी अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई निकास दिने विषयमा छलफल भएको छ । लामो समयदेखि दलहरुबीच रहेको संवादहीनतालाई तोड्दै सुरु भएको छलफलका क्रममा दाहाल र कोइरालाबीच भेटवार्ता भएको हो ।

यसअघि प्रमुख चार दलबीच आइतबार भएको छलफल र सोमबार भएको सेना समायोजन विशेष समितिको बैठकपछि दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>