समाचारबिहीबार, चैत्र २०, २०७०

कुलेखानी सडक एक महिनाका लागि बन्द

हिमालखबर

हेटौडा–भीमफेदी–कुलेखानी सडक मर्मत गर्नुपर्ने भएकाले २० चैतदेखि बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको डिभिजन सडक कार्यालय हेटौडाले जनाएको छ ।

प्रहरीले चित्लाङबाट भने गाडीहरु हेटौंडा गइरहेको बताएको छ ।

भीमफेदी–कुलेखानीको १५ किलोमिटर सडकमध्ये भीमफेदीदेखि उत्तर चार किलोमिटर खण्ड छाडेर बाँकी ११ किलोमिटर सडक कालोपत्र गर्न लागिएको छ ।

छोटोबाटो बन्द भएपछि हेटौंडाबाट काडमाडौं जाने टाटासुमो त्रिभुवन राजपथबाट सञ्चालन हुन थालेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>