समाचारबिहीबार, चैत्र २०, २०७०

दुवै समितिमा एमाओवादीको दाबी

हिमालखबर

रिपोर्टर्स क्लव नेपालले २० चैतमा आयोजना गरेको साक्षत्कारमा एमाओवादी नेता देवेन्द्र पौडेलले सन्तुलन मिलाउन भए पनि एमाओवादीलाई उच्चस्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व दिनुपर्ने जिकिर गरेका छन् ।

पौडेलले भने, “उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले र संबिधानसभा अन्तर्गतको राजनीतिक संवाद समितिको नेतृत्व नेता बाबुराम भट्टराईले पाउनु पर्छ ।”

उनले तिनदलको बैठकमा समितिको नेतृत्व एमाओवादीले पाउने बारे औपचारिक प्रस्ताव गरिएको भन्दै नेतृत्व नपाए संविधान नै नबने धम्की पनि दिए ।

पौडेलले स्थानीय निकायको निर्वाचन भएमा संघीयता ओझेलमा पर्ने दाबी गर्दै स्थानीय निर्वाचन अहिले आवश्यक नभएको बताए ।

कार्यक्रमका अर्का वक्ता कांंग्रेस नेता प्रकाशशरण महतले नेतृत्व नपाए संबिधान बन्न दिन्न भन्ने एमाओवादीको अभिव्क्ति लजास्पद भएको टिप्पणी गरे ।

उनले राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिनै नसकिने भन्दै ठूलो पार्टीले समितिको नेतृत्व गर्ने प्रचलन रहेकाले कांग्रेस आफैले समितिको नेतृत्व पाउनु पर्ने दावी गरे ।

नेता महतले तीन महिनासम्म सरकारको काम हेर्ने समय रहे पनि हालसम्म अपेक्षा अनुरुप काम नभएको बताए ।

कार्यक्रममा बोल्दै एमाले सचिव शंकर पोखरेलले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कुनै पार्टीलाई एकलौटी दिन नसकिने भन्दै आलोपालो गरिनुपर्नेमा जोड दिए ।

पोखरेलले सरकारको काम कारबाहीप्रति असन्तुष्टि ब्यक्त गर्दै अहिलेसम्म कुनै पनि गतिलो काम नभएको दाबी गरे । उनले भने, “प्रधानमन्त्रीले यो सुस्तता तोड्नु पर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>