थप समाचारबिहीबार, चैत्र २०, २०७०
साहित्यकार कृष्णप्रसाद पराजुली रहेनन्
साहित्यकार सापकोटाको २० चैत साँझ निधन भएको हो । लामो समयदेखि राजधानीस्थित शिक्षण अस्पतालमा उनले उपचार गराइरहेका थिए ।
उनको जन्म २४ असार १९९२ मा काभ्रेको पाँचखाल गाविस भमरकोटमा भएको थियो । उनका बालसाहित्य, कविता, समालोचना, व्याकरण लगायत विभिन्न विधाका कृति प्रकाशित छन् ।
उनले ‘पूर्व एक नम्बर’, ‘नेपाली शुद्ध लेखौं’, ‘आँखाभरि सपना मुटुभरि गीत’, ‘सय थुँगा फूल’, ‘सुनकेस्रा’, ‘राम्रो रचना मीठो नेपाली’ लगायतका कृति लेखेका छन् ।
लामो समय प्राध्यापनमा संलग्न उनी प्रगतिशिल लेखक संघमा आवद्ध थिए ।

