समाचारशुक्रबार, चैत्र २१, २०७०

प्रधानन्यायाधीश नियुक्तिको सुनुवाइ २४ गते

हिमालखबर

संवैधानिक परिषद्को हालैको बैठकले कायम मुकायम प्रधानन्यायाधीस दामोदरप्रसाद शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्ने निर्णय गरेपछि संसदीय सुनुवाई विशेष समितिले शर्माको सुनुवाई २४ चैतमा गर्ने भएको छ ।

समितिको २१ चैतमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि मात्र अन्तरिम आन्तरिक कार्यविधि, २०७० पारित गर्दै उजुरी गर्नका लागि आजका मितिले तीन दिनको म्याद राखी सार्वजनिक सूचना दिने द्रुतगतिको व्यवस्था गरेको छ ।

समितिको आन्तरिक कार्यविधि, २०७० मा उजुरी गर्नका लागि न्यूनतम पाँच दिनको समय राख्नुपर्ने प्रवधान भए पनि शर्माको हकमा द्रुतगतिमा सुनुवाइ गर्नका लागि एक पटकलाई भविष्यमा नजिर नहुने गरी तीन दिनको समय राखिएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य कुलबहादुर गुरुङले बताए ।

समितिको अन्तरिम आन्तरिक कार्यविधि, २०७० को छलफलका क्रममा सदस्यबाट फरकफरक विचार आएपछि नयाँ कार्यविधि निर्माणका लागि सदस्य डा प्रकाशशरण महत, अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, प्रेमबहादुर सिंह र ब्रिजेशकुमार गुप्ता रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>