थप समाचारशुक्रबार, चैत्र २१, २०७०
ट्रिपरको ठक्करबाट एकको मृत्यु
काभ्रे गाविसको तापाबाट चुन ढुंगा लिएर लक्ष्मीपुर गोग्लीस्थित सिमेन्ट उद्योगतर्फ आउँदै गरेको रा १ ख ६४० नम्वरको ट्रिप्परले २१ चैतमा लक्ष्मीपुर–५ सवारीकोटमा ठक्कर दिँदा लालमटिया–१ वसन्तपुरका १८ वर्षीय सुवेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक चौधरी मजदुरी गर्दै आएको र सडकमा काम गरिरहेको अवस्थामा टिप्परले ठक्कर दिएको हो ।
ठक्कर दिने टिप्परलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।
देविका घर्ती मगर, दाङ
