थप समाचारशुक्रबार, चैत्र २१, २०७०

वेपत्ता विमानको खोजी अब समुद्र भित्र

हिमालखबर

२७ दिनदेखि वेपत्ता मलेशिया एयरलाइन्सको विमानको समुद्रभित्र खोजीका लागि दुई पनडुब्बी जहाज खटिएका छन् । ‘पिंगर लोकेटर’ को सहयताबाट २४० किलोमिटर क्षेत्रमा विमानको डेटा रेकर्डरको खोजी कार्य शुरु भएको अष्ट्रेलियाली अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार १४ विमान र नौ वटा विशेष जहाजहरु पनि विमानको खोजीमा जुटेका छन् ।

८ मार्चमा २३९ यात्रु बोकेर क्वालालम्पुरबाट बेजिंगका लागि उडेको मलेशिया एयरलाइन्सको विमान वेपत्ता भएको थियो ।
उक्त विमान दक्षिण हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ यद्दपी विमानको कुनै अवशेष वा चिन्ह अहिलेसम्म भेटिएको छैन ।

अष्ट्रेलियाको पर्थबाट खोज अभियानको समन्वय भइरहेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले यो अहिलेसम्मकै सबैभन्दा कठिन खोजी अभियान भएको बताएका छन् ।

विमानको ब्ल्याक बक्समा जडित पिंगरले दुर्घटनाको ३० दिनसम्म अल्ट्रासोनिक ध्वनी उत्पन्न गर्छ । त्यसैले खोजकर्ताहरुका लागि अब केही दिनमात्रै बाँकी छ ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>