थप समाचारशुक्रबार, चैत्र २१, २०७०
महेन्द्रनगरमा निःशुल्क वाइफाई सेवा
टेलिकम शाखा कञ्चनपुरका कार्यालय प्रमुख जगदीश लेखकले टेलिकमका उपभोक्तालाई इन्टरनेट सेवा पुर्याउन विगत एक हप्तादेखि महेन्द्रनगर बजारको बसपार्क भिनपा–४ बजारस्थित विष्ट डेन्टल मेडिकल र भिनपा–१८ स्थित रेडियन्ट कलेज नजिकमा वाइफाई सेवा छाडिएको बताएका छन् ।
वाइफाई सेवा छाडिएका स्थानदेखि झन्डै १५० मिटर बराबरसम्म सो सेवा लिन सकिन्छ ।
नेपाल टेलिकमको जिएसएमको पोस्टपेड/प्रिपेड मोबाइलको म्यासेज बक्समा गई वाइफाई टाइप गरी १४१६मा म्यासेज पठाएर प्राप्त युजरनेम र पासवर्ड राखी एनटी वाइफाई चलाउन सकिने छ ।
आवश्यकताअनुसार जिल्लाका अन्य स्थानमा पनि सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ ।
फ्रि वाइफाई छाडेका स्थानमा नेपाल टेलिकमको मोबाइल सिम प्रयोग गर्ने ग्राहकहरुको भिड लागेको देखिन्छ ।
रासस
